Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

काठमाडौं, २९ चैत २०७९ । आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘नाई नभन्नू ल ६’ को प्रदर्शन रोकिएको छ ।

चलचित्रको निर्माण टिमले नयाँ प्रदर्शन मिति भने घोषणा गरिसकेको छैन । निर्माण टिमले चलचित्रको सेन्सर नभएका कारण प्रदर्शन रोकिएको जनाएको छ ।

चलचित्रका निर्माता मध्ये एक सञ्जय न्यौपानेविरुद्ध चलचित्र विकास बोर्डमा जाहेरी परेका कारण बोर्डले सेन्सर सिफारिसको प्रक्रिया अगाडि नबढाएपछि चलचित्रलाई निर्धारित मितिमा प्रदर्शन गर्न नसकिएको निर्देशक विरासराज अचार्यको भनाइ छ । तर, उनको कुरामा सत्यता देखिन्न । बोर्डले यहि चैत २८ गते चलचित्रको सेन्सरका लागि सिफारिस गरेको पत्र सार्वजनिक भइसकेको छ ।

चलचित्रमा आशिर्वाद क्षेत्री, आँचल शर्मा, अनुभव रेग्मी केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी र अथर्व उप्रेती लगायतको अभिनय रहेको छ । अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल रहेका छन् । चलचित्रको निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी रहेका छन् ।

चलचित्रको प्रदर्शन रोकिदा उक्त मितिमा रिलिज हुन लागेका अन्य ३ वटा चलचित्र ‘बुलाकी’, ‘जारी’ र ‘बिहे पास’ लाई केही राहत हुने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया