Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

एजेन्सी, २९ चैत २०७९ । भारतीय अभिनेता सलमान खानले पत्रकार कुटपिटको मुद्दामा राहत पाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१९ मा एक पत्रकार अशोक पाण्डेले सलमानविरुद्ध मुद्दा दर्ता गरेका थिए । आशोकले आफूलाई सलमानले कुटपिट गरेको आरोप लगाएका थिए । उक्त मुद्दामा उच्च अदालतले सलमानलाई सबै आरोपबाट सफाइ दिएको छ । यससँगै अभियुक्त सेलिब्रिटी भएको भन्दै कानूनी प्रक्रियालाई अनावश्यक दुर्व्यवहारको स्रोत बनाउन नहुने पनि अदालतले जनाएको छ ।

अशोकले सलमानविरुद्ध उजुरी दिएपछि अदालतले मार्च २०२२ मा सलमान र उनका अंगरक्षक नवाज शेखविरुद्ध पत्र जारी गर्दै ५ अप्रिल २०२२ मा अदालतमा उपस्थित हुन आदेश दिएको थियो । यस मामिलामा सलमान उच्च अदालत पुगेका पनि थिए ।

उजुरीकर्ताको आरोप पुष्टि नभएको भन्दै उच्च अदालतले सलमानलाई सबै आरोपबाट सफाइ दिदैं उक्त मुद्दा खारेज गरेको समाचारमा उल्लेख छ ।

यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसीका भाई किसी की जान’ लाई लिएर चर्चामा छन् । हालै उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई प्रसंशकहरूले रुचाइरहेका छन् । यसैबीच उच्च अदालतले सलमानविरुद्ध को मुद्दा खारेज गरेको छ।

 

तपाईको प्रतिक्रिया