Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

झापा, २८ चैत २०७९ । देशमा कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ । लामो समय पश्चात कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा नमुना परिक्षण गर्दा १ सय ६ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ४ सय ७६ जना र एन्टीजेन परिक्षणबाट १ हजार ९ सय ६० जना गरि २ हजार ४ सय ३६ जनामा नमुना परिक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टी भएको जनाएको छ । जसमा पीसीआर बाट ७४ र एन्टीजेन बाट ३२ गरि १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ४८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ४ सय ६९ पुगेको जनाइएको छ । यस्तै, आज ४२ हजार ४ सय ९७ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २४ पुगेको छ भने, आई.सि.युमा रहनेको संख्या १३ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ५ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया