Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

एजेन्सी, २८ चैत २०७९ । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु मंगलबारबाट सुरू हुँदैछ ।

क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान भिड्नेछन् । यो खेल बेन्फीकाको मैदानमा हुनेछ ।

मंगलबार राति नै इंग्ल्याण्डमा हुने खेलमा म्यानचेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखको सामना गर्नेछ ।

क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछ । बुधबार राति इटालीको मिलानमा हुने खेलमा दुई इटालीयन टोलीहरु एसी मिलान र नापोली भिड्दा स्पेनमा रियल मड्रिडले इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

 

तपाईको प्रतिक्रिया