Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ८ मंसिर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक कार्यक्रममा सरकारले केही महिना भित्र स्थानीय निकायलाई अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउने बताउनु भयो ।

झापाको कमल गाउँपालिकामा आज स्थानीय तहमा परियोजना एवं समूदायमा घर हस्तान्तरण कार्यक्रममा मन्त्री कार्कीले स्थानीय तहलाई अति आवश्यक पर्ने एम्बुलेन्स दमकल, एउटा प्रहरी भेन लगायतका सामग्रीहरु सरकारले यथाशिघ्र उपलब्ध गराउने जानकारी गराउनुभयो ।

सोही अवसरमा केर्खा देखी क्याम्पा सम्म आउने सडकलाई निर्माण कार्यमा तिव्रता दिने बताउनुभयो ।
मन्त्री कार्कीले ममबत्ती बालेर कार्यक्रमको औपचारीक उदघाटन गर्नुहुँदै १२ घर परीवारलाई घरको चाबी दिएर घर हस्तान्तरण गर्नुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गत साउन मा आएको बाढीले कमलगाउँपालिका वडा नं. २ भित्र का कमल खोलाले घरवार विहिन बनाएका १२ घरपरीवारलाई एन.आर.एन नेपाल, टी.डब्लु.आर, लुथरन समाज, कमलगाउँपालिका, कारीतास नेपाल, अभियान नेपाल संस्थाहरुको आथीक सहयोग बाट घर निर्माणको कार्य सम्पन्न भएको थियो ।

पूर्णमान इङनाम, मानबहादुर राई , नेत्र भुजेल सहीत १२ घरपरीवारले घर प्राप्त गरेका छन् । करीब ६–७ महिनाबाट घर बनाउन शुरु गरिएको र आज एक कार्यक्रमका बीच बाढीपिडित घरबार बीहीन १२ जनालाई आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको स्थानीयबासी सरोज निरौलाले जानकारी दिनुभयो ,भवन निर्माण समिति संयोजक प्रताप सुब्बाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया