Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

काठमाडौं, २७ चैत २०७९ । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन भोली (मङ्गलबार) बाट सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबार र बुधबार दुई दिनसम्म चल्ने छ ।

उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यन्ययनका लागि तथ्य र अन्वेषण’ भन्ने रहेको छ ।

परिषद्का सदस्य सचिव डा।प्रदीप ज्ञवालीका अनुसार सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने छन् । एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन् । यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ ।

नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसङ्ख्याविदहरु तथा नीति निर्माणकर्ताहरुलाई सम्लग्न गराई, उनीहरुको विज्ञताको उच्च सम्मान गर्दै तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनप्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्दाहरुको अन्तरविषयात्मक अनुसन्धान सम्बोधन गर्न मार्ग निर्देशन गर्नु सम्मेलनको उद्देश्य रहेको ज्ञवलीले जानकारी दिनुभयो । उक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया