Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

झापा, २७ चैत २०७९ । देशभर कोरोना संक्रमितको संख्या आज हवात्तै बढेको पाइएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ९ सय ३ जना र एन्टीजेन परिक्षणबाट १ हजार ६ सय ६३ जना गरि २ हजार ५ सय ६६ जनामा नमुना परिक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टी भएको हो । जसमा पीसीआर बाट ७७ र एन्टीजेन बाट ४७ गरि १ सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ४ सय ४४ पुगेको जनाइएको छ । यस्तै, आज १९ हजार २ सय ६३ जनाले कोरोनाको खोप लगाएका छन् भने, कोरोनाबाट आज कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २१ पुगेको छ भने, आई.सि.युमा रहनेको संख्या १० र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया