Online Bichar
आइतबार, आश्विन १४, २०८० | Sunday, October 1, 2023

काठमाडौं, २७ चैत २०७९ । बहराइनले आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।

समूह बी मा रहेको बहराईनका साथै सो समूहमा हङकङ,युएई, कुवेत र सिंगापुर रहेका छन् ।

बहराइनले समूह चरणका दुई खेल मुलपानी र दुई खेल टियु मैदानमा खेल्नेछ । टियुमा बहराईनले २० अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

बहराइनको दोस्रो खेल मुलपानी मैदानमा २२ अप्रिलमा कुवेतसँग तथा तेस्रो खेल टियु मैदानमा २४ अप्रिलमा हङकङसँग खेल्नेछ ।

समूह चरणको अन्तिम खेल मुलपानीमा २६ अप्रिलमा युएईसँग रहेको छ ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।

छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

बहराइनको टोली

शाहबाज बदर ,मोहम्मद युनिस ,फियाज अहमद,सोहेल अहमद ,जुनेद निअजी,हैदर अली ,डेविड म्याथियास,अली दाऊद ,साई सार्थक ,माजिद अब्बासी ,रिजवान बट,सत्यैया वीरपतिरण,इमरान जावेद,वसिक अहमद

 

तपाईको प्रतिक्रिया