Online Bichar
सोमबार, आश्विन ०८, २०८० | Monday, September 25, 2023

काठमाडौं, २७ चैत २०७९ । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोसेसले एक गोल थपे । फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए ।पुलिसले सातौं चरणमा आएर पहिलो जित निकालेको हो । जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ ।

 

तपाईको प्रतिक्रिया