Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

इलाम, २६ चैत २०७९ । पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ। इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो। महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे।

महोत्सवको पहिलो दिन आइतबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अंक, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गरे।

दोस्रो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीचमा राजनीतिमा एजेण्डा कि अनुहार विषयमा राजनीतिक बहस गरिएको थियो।

युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो।

कविहरु तीर्थ श्रेष्ठ लीला अनमोल र भूपिनबीचमा कवितामा स्थानीय चेतका विषयमा सम्वाद आयोजना गरिएको थियो। सोमबार सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको बाक्लो उपस्थिति रहेको छ।

 

तपाईको प्रतिक्रिया