Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

ताप्लेजुङ, २६ चैत २०७९ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ ।

प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए ।

उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए ।

प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै मैवाखोलाका प्रकाश लिम्बू र फक्ताङलुङका छत्रबहादुर कार्की क्रमशः दोश्रो र तेश्रो भए । प्रथम हुनेलाई ३० हजार, दोश्रा हुनेलाई २० र तेश्रो हुनेलाई १० हजार रुपैँया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

मौलिक सीप र वस्तुको प्रयोग हराउँदै गएका बेला कृषि, पर्यटन र उद्योगको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले प्रतियोगिता आयोजना गरेको महासंघका अध्यक्ष राजेन्द्र भारतीले बताउनु भयो ।

गाउँघरमा दाउरा, घाँसपात र पानीको गाग्री बोक्न प्रयोग हुने परम्परागत साधन डोकोलाई दौड प्रतियोगितामा समेत प्रयोग गरिँदा यसले आम दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने दौडको अवलकोन गरिरहेकाहरुले बताए ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया