Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, २६ चैत २०७९ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलाशले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो।

अन्तिम सुनुवाइ गर्नुअघि न्यायाधीश बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश दिनुभएको हो ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र चाहिने माग गरेका थिए ।

 

तपाईको प्रतिक्रिया