झापा, २६ चैत २०७९ । देशभर पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा पीसीआर बाट ५० जना र एन्टीजेनबाट ५ जना रहेका छन् ।
एकैदिन पीसीआर परिक्षणबाट ६ सय ७१ र एन्टीजेनबाट ५ सय ४५ गरि १ हजार २ सय १६ जनाको नमुना परिक्षण गर्दा ५५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै सक्रिय संक्रमितको संख्या भने ३ सय ९६ रहेको जनाइएको छ । आज ११ जना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आज २७ हजार ९ सय ७६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको जनाइएको छ । यस्तै, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा १३ जना बिरामी उपचाररत रहेका छन् भने, आई.सी.युमा ७ जना र भेन्टिलेटरमा ४ जना बिरामी उपचाररत रहेका छन् ।






