Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, २६ चैत २०७९ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । निरन्तरजसो वियरिष ट्रेण्डमै रहेको शेयर बजार आइतबार २८ अंकले झरेर १८ सय ३८ मा आएर थामियो ।

बिक्री चापले कारोबार भने अर्ब माथि रह्को छ । सबै समूह राताम्मे रहँदा जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको गिरावट आयो । बीमा र वित्त समूह पनि झण्डै २ प्रतिशतले घट्दा बाँकी पनि सबैजसो समूह १ प्रतिशत बढीले घटेका छन् ।

आइतबार दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६८ कम्पनीको ३८ लाख ४३ हजार कित्ता शेयर १ अर्ब १६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय १ कम्पनीको मूल्य घट्दा जम्मा १५ को बढ्यो ।

घटेको बजारमा पनि कालिञ्चोक दर्शनको शेयरमा भने सकारात्मक सर्किट लाग्यो ।

 

तपाईको प्रतिक्रिया