Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

झापा, २५ चैत २०७९ । देशभर आज ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा पीसीआर परिक्षणबाट ४१ र एन्टीजेन बाट २३ गरि ६४ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट १ सय ६८ र एन्टीजेनबाट १ हजार २ जना गरि १ हजार १ सय ७० जनाको नमुना परिक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ५७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या भने, ३ सय ५७ पुगेको जनाइएको छ । एकैदिन २० हजार २ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । आज कसैको पनि कोरोना संक्रमणका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, काठ्माडौं उपत्यकामा रहेका संस्थागत आइसोलेसनमा १५ जना कोरोना संक्रमितका बिरामीहरु रहेका छन् । आई.सी.यु मा ८ जना र भेन्टिलेटरमा ५ जना संक्रमित बिरामीहरु रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया