Online Bichar
शनिबार, जेठ ०४, २०८२ | Saturday, May 17, 2025

झापा, २४ चैत २०७९ । देशभरि कोरोना संक्रमित बढ्नेक्रममा झापामा लगातार कोरोना संक्रमण बढ्दै गएको छ । हिजो एक जनामा संक्रमण फेला परेकोमा आज पनि थप एक जना संक्रमित भएका छन् ।

आज मेची प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भद्रपुरका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मेची प्रादेशिक अस्पतालमा ८ जनाको पीसीआर परीक्षण गर्दा आज पनि एक जनामा संक्रमण देखा परेको अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झाले बताए । हिजो बिर्तामोडका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ल्याब इन्चार्ज झाका अनुसार दुई महिनायता झापामा पहिलोपटक कोरोना संक्रमण देखा परेको हो ।टाइम्स अफ प्रदेशबाट

तपाईको प्रतिक्रिया