Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

जेबि खड्का
गौरादह, २४ चैत २०७९ । गौरादह-७ मा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाले क्षेत्रगत रुपमा नयाँ बर्षको शुभकामना आदन प्रदान तथा सदस्य भेटघाट कार्यक्रम सुरु गरेको छ। संस्थाको आयोजनामा शुक्रबारबाट सुरु भएको सदस्य भेटघाट कार्यक्रम २७ गते सम्म संचालन गरिने संस्थाका सचिब सूर्य भक्त सिटौलाले जानकारी गराएका छन।

सदस्य भेटघाट कार्यक्रममा संस्थाको अवस्थाको बारेमा सदस्यहरुलाई जानकारी गराउदै सदस्यहरुबाट संस्थाको गतिविधिका बिषयमा सल्लाह सुझाव लिने उदेश्यले संचालन गरिएको सचिब सिटौलाले जानकारी गराएका छन।सदस्य भेटघाटको पहिलो दिन अरुणोदय आधारभूत बिद्यालयमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष मान बहादुर घिमिरेले सहकारी संस्थाका बिषयमा चलिरहेको नकारात्मक हल्लाका पछाडि नलाग्न सदस्यहरु सँग अनुरोध गरेका छन।

जुरोपानी बहुउद्देश्यीय सहकारीको निक्षेप, ऋण लगानी, लगानीको ब्याज संकलनको अवस्थामा उत्साह जनक रहेकाले सहकारीमा समस्या नरहको जानकारी गराएका थिए। २०५६ सालमा स्थापना भएको सहकारी संस्थाले हालसम्म सदस्यहरुको मन जित्न सफल रहेको बताएका थिए। संस्थाका लेखा समिति संयोजक राजेन्द्र सुवेदीले बर्तमन परिस्थितिमा केही सहकारी संस्थाहरुले सेयर पुँजी अन्य व्यावसायमा लगानी गर्दा र मुलुक आर्थिक मन्दीको चपेटामा पर्दा सहकारीहरु बिस्थापित हुन पुगेको धारणा राखेका थिए। जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाले हाल सम्म व्यापारीक परियोजनमा लगानी नगरेकाले सहकारीको अवस्था मजबुत रहेको बताएका थिए।

सहकारी संस्थाको अवस्था मजबुत बनाउन सेयर सदस्यहरुको हातमा रहेकाले कुनै पनि सदस्यले बिचलित नभई संस्थालाई सहयोग गर्न आग्रह गरेका थिए। संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले संस्थाको आर्थिक अवस्था र सदस्यहरुलाई दिइने सेवा सुबिधाका बारेमा जानकारी गराएका थिए। आर्थिक मन्दीको कारण देखाउदै केही सहकारीहरु ताला लागेको स्मरण गराउदै हाम्रो सहकारीमा त्यस्तो अवस्था नरहेको जानकारी गराएका थिए।संस्था संचालनमा सेयर सदस्यहरुको हात रहेकाले संस्थाका संचालकहरु भाग्छन, सहकारी बन्द हुन्छ, निक्षेप फिर्ता गर्दैनन् , संस्थाबाट लिएको ऋणको ब्याज तिर्नु पर्दैन जस्ता हल्लाका पछाडि नलाग्न अनुरोध पनि गरेका थिए।मुख्य ब्यबस्थापक चापागाईंले संस्थाको शेयर पुँजी १ करोड ९२ लाख ३ सय, कोष हिसाब २ करोड ८२ लाख ८७ हजार ८ सय ८०, स्थिर सम्पत्ति ४५ लाख ६८ हजार ९ सय ४, कर्जा लगानी १० करोड ११ लाख ३६ हजार ३ सय ४२ निक्षेप ९ करोड २३ लाख ९७ हजार ५ सय ४९ रहेको जानकारी गराएका थिए। कार्यक्रममा सहभागी सूर्य प्रसाद दाहालले भाका नघेको ऋणको बारेमा जानकारी गराउन माग गरेका थिए।

 

तपाईको प्रतिक्रिया