झापा, २४ चैत २०७९ । देशभर एकैदिन ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट १ सय ७७ र एन्टीजेन परिक्षण विधिबाट १ हजार ४ सय ५८ गरी कुल १ हजार ६ सय ३५ जनामा कोरोना परिक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टी भएको हो ।
जसमा पीसीआर बाट ४१ जना र एन्टीजेनबाट ५८ गरि ९९ जनामा कोरोना देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३ सय ७३ जना रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज १७ हजार ६ सय ६६ जनाले कोरोना विरुद्धको खोप लगाइएको जनाइएको छ । कोरोना संक्रमणबाट आज कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।