Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, ७ मङ्सिर । गौरादह जेसीजले आज जेसीज सप्ताह समापन कार्यक्रम सम्पन्न गरेको छ । गौरादह–३ स्थित सामुदायीक भवनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि ज्येष्ठ नागरिक अध्यक्ष गोपाल काफ्लेले ब्यानर पढेर कार्यक्रमको औपचारीक उदघाटन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारगौरादह जेसीज तथा अग्नी–मनमाया स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अन्तर मा.वि. समुह नृत्य प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा दश वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेकोमा कञ्चनजंघा ग्वालडुब्बाले प्रथम स्थान, गोल्डेन सनराइज गौरादहले दोस्रो स्थान, विद्योदय मावि गौरादह तेस्रो र सान्त्वना प्रगती मावि जुरोपानि भएको गौरादह जेसीज जनसम्पर्क अधिकारी निर्मला रिमाल ले जानकारी दिनुभयो ।
विजेता समूहहरुलाई प्रमुख अतिथि ज्येष्ठ नागरिक अध्यक्ष गोपाल काफ्लेले शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।
युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकास र समाज परिवर्तन गर्ने उद्देश्यले चाडपर्वको रुपमा गौरादह जेसीजले प्रत्येक वर्ष जेसीज सप्ताह कार्यक्रम गर्दै आएको वर्ष २०१६ का गौरादह जेसीज अध्यक्ष कोमल ढुंगानाले बताउनुभयो ।
मंसीर ३ बाट शुरु भएको कार्यक्रम उदघाटन तथा मैत्रीपूर्ण भलिबल निजी विद्यालयका शिक्षक र सामुदायीक विद्यालयका शिक्षक बीच खेल सम्पन्न भएको थियो । ४ गते दुर्गा प्राथमिक विद्यालय जाम्बाडीका ५६ विद्यार्थीहरुलाई शैक्षीक सामग्री वितरण गरेको थियो । ५ गते गौरादह वार्ड नं. १,२ र ३ नं. वार्डका महिलाहरु बीच प्रतियोगितात्मक हाजीरी जवाफ कार्यक्रम सम्पन्न गरेको थियो ।
जेसीज अध्यक्ष हेमचन्द्र घिमिरे राजु को सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि प्रज्वल क्याम्पसका प्रधान अध्यापक शुरेस बहादुर पौडेल, शिक्षक, संघसंस्थाका व्यक्तित्वहरु ल्गायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
स्वागत मन्तव्य गौरादह जेसीज कानुनी सल्लाहकार तारा कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गौरादह जेसीजका महासचिव एकराज घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया