Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

जेबि खड्का
गौरादह, २३ चैत २०७९ । जीवन विकास लघुवित्त संस्था शाखा कार्यलय गौरीगंजले केन्द्र प्रमुख गोष्ठी, वित्तिय साक्षरता एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। शिवालय मन्दिर गौरीगंजको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमकि प्रमुख अतिथि तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले कार्यक्रमको उद्घाटन गरेकी थिइन। कार्यक्रमको उद्घाटन गर्दै राजवंशीले गरिब तथा बिपन्न परिवारलाई आय आर्जनको बाटो देखाउदै व्यवसायको माध्यमबाट रोजगारीका अवसर सृजना गराउन सफल भएकोमा संस्था प्रति धन्यवाद ज्ञापन गरेकी छन।

कार्यक्रमका विशिष्ट अतिथि वडा नं.३ का वडाध्यक्ष श्रवण गिरीले आपत बिपतमा परेका नागरिकहरुलाई संस्थाले राहात प्रदान गरेकोमा धन्यवाद ज्ञपन गर्दै राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड अनुसार संस्थाले काम गर्नुपर्ने धारणा राखेका थिए।कार्यक्रमका अवसरमा गरिब तथा बिपन्न परिवारका छोराछोरीहरुलाई छात्राबृती प्रदान गरेको छ।सामुदायिक बिद्यालयमा अध्यानरत ७ जना बिद्यार्थीहरुलाई १ बर्षको छात्राबृती दिने घोषणा गरेको छ। बिद्यार्थीका अभिभावकहरुको उपस्थितिमा बिद्यार्थीलाई अध्यानका लागि आवश्यक पर्ने सामग्री बितरण गरेका थिए। कार्यक्रमका अवसरमा गौरादह नगरपालिका वडा नं.६ निवासी क्यान्सर पिडित मन बहादुर दहाललाई २० हजारको चेक उहाँको परिवारलाई हस्तान्तरण गरिएको थियो।

गौरीगंज शाखा कार्यलय अन्तर्गत रहेका १ सय ६० केन्द्र मध्ये ५ वटा केन्द्रलाई सम्मान गरिएको थियो। उत्कृष्ट बचत कर्ता-३ जना, उत्कृष्ट ऋणि-३ जना र उद्यमी-३ जनालाई पुरस्कृत गरिएको थियो। संस्थाको बिभागिय प्रमुख बिजय कुमार मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका बिभागिय प्रमुख रमेश राया, वडा नं.६ का वडाध्यक्ष बद्री नारायण यादब, नेपाल बैंक लिमिटेड शाखा गौरीगंजका प्रबन्धक संजय कुमार शाहु, खजुरगाछी मा.बि. का प्रधानाध्यापक गेहेन्द्र बिक्रम शाह, गौरीगंज मा।बि। का प्रधानाध्यापक गोबिन्द घिमिरे समाज सेवी मखना महत्तो, मनिका राई, लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका गौरीगंज शाखा प्रमुख त्रिदेव मण्डलले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका मोरङ प्रमुख सन्तोष कुमार कार्कीले कार्यक्रम संचालन गरेका थिए।

 

तपाईको प्रतिक्रिया