Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

धनकुटा, ७ मङ्सिर ।  धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेवास ऐसेलुखर्कका मंगलसिंह याखाको घरमा आगलागी हुँदा ३ लाख २९ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

घरमा पालेको मौरीको मह काढ्ने क्रममा बोरामा आगो सल्किएपछि घरमा आगलागी भएको चौबिसे गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिनुभयो ।

आगलागीबाट याखाको फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको चौबिसे गाउँपालिका–२ का वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिनुभयो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, गरगहना, खाद्यन्न, काठपातलगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको पीडित मंगलसिंह याखाले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो घरमा मौरीको मह काढ्ने क्रममा बोरा बालेकाले आफूले आगो निभाएको भए पनि पूर्ण रुपमा आगो ननिभेकाले बोराबाटै आगो सल्किएको पीडित परिवारले जनाएका छन् ।

श्रीमती र दुई छोरीसहित चार जनाको परिवार बस्दै आएका पीडित याखा परिवारको घर आगलागीबाट घर पूर्ण रुपले जलेपछि अहिले उनीहरु जेठा छोराको घरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया