Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

झापा, २२ चैत २०७९ । देशभर हाल प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढदै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा पीसीआर बाट ४ सय २७ र एन्टीजेन विधि बाट १ हजार ३ सय ४१ गरि कुल १ हजार ७ सय ६८ जनामा कोरोना परिक्षण गर्दा ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज एकैदिन १८ हजार १ सय ४२ जनाले कोरोना विरुद्धको खोप लगाएको जनाइएको छ । सक्रिय संक्रमितको संख्या भने ३ सय २२ पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यस्तै, काठ्माण्डौ उपत्यकामा १७ जना संक्रमित बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । आइसीयुमा ४ र भेन्टिलेटरमा १ जना बिरामी उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया