Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

 केशब खड्का

मधुमल्ला, ७ मंसिर । वैदेशिक रोजगारीमा आर्कषक पारिश्रमिक सहित टर्की पठाउँछु भन्द्रै झापा, मोरङ, इलाम, सुनसरी, उदयपुरका ६० युवा ठगीएका छन् ।

सुनसरी मधुमवनका राजन गुरुङ र इलाम नयाँबजारका रणबहादुर गुरुङले आफुले टर्की पाठउने र टर्कीमा अर्कषक तलब पाइने आस्वसन देखाउँदै ती युवाहरुसँग जनही दुई लाख ५० हाजार देखी ३ लाख सम्म रकम लिएको पिडत मध्येका मोरङ मधुमल्लाका कमल मिश्रले बताए ।

यसरी ठगीमा पर्नेहरुमा खेम बस्नेत, नगेन्द्र कुमार कुँवर, रोहन साहा, दिपेन राई,मोरङ मधुमल्लाका, रमेश कार्की पाँचथर, हरी पुढाथोकी उदयपुर, याम दाहाल, चन्द्र दाहाल इलाम लगायतका ६० बढी युवा ठगिमा परेको इलामका चन्द्र दाहालले बताए ।

विदेश लैजान्छु भन्ने राजन गुरुङ हाल सम्पर्क बिहीन रहेको र इलामका अर्का रणबहादुर गुरुङलाई भने ठगीमा परेका युवाहरुले खोजी गरी महाँनगरीय प्रहरी परिसर गौशलामा बुझाएको ठगीमा परेका युवा मध्ये एक दिपेन राईले बताए ।

उनिहरुले आफ्नै मेनपावर छ भन्दै आफ्नै मेनपावरबाट टर्की लगायत कोरिया पठाउने भन्दै रकम असुलेको पिडितहरुले बताएका छन् ।

हाल पक्राउ परेका राणबहादुर गुरुङले भने सम्पुर्ण कामको जिम्मा राजन गुरुङले लिएको भन्दै आफु फुत्किन खोजेको पिडीतले बताए । साहु काडेर विदेश जानकै लागि २ लाख ५० हजार ऋण लिए अब न साँवा न ब्याज भयो अब कसरी साँवा तिर्ने उदयपुरका हरि बुढाथोकीले भने ।

यसै बिच महाँनगरिय प्रहरी परिसर गौशालाले नियन्त्रणमा लिई थप अनुसन्धान र आवश्यक कारवाबहीका लागी बिर्तामोड पठाईएको गौशाला प्रहरीका प्रहरी नायव उपरिक्षक सुनील मल्लले बताए ।

ब्लास्ट खबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments