Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

कैलाली, ७ मंसिर । डडेल्धुराको रडुवाखोलामा बिहीबार भएको बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ ।

घाइतेहरुलाई भेट्न शुक्रबार बिहानै सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री भट्टले घाइतेको उपचारमा कुनै कमी नगर्न समेत अस्पताल र चिकित्सकलाई निर्देशन दिए ।

मुख्यमन्त्री भट्टसगै घाइतेहरुलाई भेटन सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकाश मन्त्री पठान सिह बोहरा पनि अस्पताल पुगेका थिए ।

डा। केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११, रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना हुँदा १८ को ज्यान गएको थियो भने २७ जना घाइते भएका छन् । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया