Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २१ चैत २०७९ । देशभर आज एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर बाट ४ सय ६६ र एन्टीजेन विधिबाट ६ सय ५१ जनामा गरि १ हजार १ सय १७ जनामा कोरोना परिक्षण गर्दा ८० जनामा संक्रमण पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज एकै दिन १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या भने २ सय ७९ रहेको जनाइएको छ । २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो । हरेक रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने समेत भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया