Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, २१ चैत २०७९ । सहकारी अभियानबारे बृहत छलफल गर्न राधानीमा आगामी बिहीबारदेखि राष्ट्रिय सम्मेलन हुँदैछ ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालको संयुक्त आयोजनामा राष्ट्रिय सहकारी महासम्मेलन गरिन लागेको हो ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

महासम्मेलन स्टेरिङ कमिटि सदस्य सचिव चित्रकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

उहाँले सम्मेलनमा सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैरसहकारी संघ, विश्वविद्यालयका प्राध्यापकदेखि अन्तर्राष्ट्रिय सहकारी अभियान्ता गरी करिव एक हजार जनाको सहभागिता हुने बताउनु भयो । सम्मेलनमा भाग लिन अस्ट्रेलिया, जापान, भारतलगायतबाट विज्ञको सहभागिता रहने उहाँले बताउनु भयो ।

महासंघका अध्यक्ष मिनराज कँडेलले सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था, वर्तमान समस्या र चुनौतिको विषयमा छलफल हुने बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रश्तुत हुने सम्मेलनमा २०३० सम्म दिगोविकासको लक्ष्य पूरा गर्न सहकारीले कस्तो भुमिका खेल्दैछ भन्ने विषयमा छलफल हुने उहाँले बताउनु भयो ।
नेपालको सहकारी अभियानको दिशा निर्देशकालागि महासम्मेलन गर्न लागेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया