काठमाडौं, २१ चैत २०७९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो । हरेक रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने समेत भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवि।१।१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमणण बढिरहेको छ । संक्रमणण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड–१९ को महामारी अझ पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई मन्त्रालयले आग्रह गरेको छ । शून्यमा झरेको कोरोना भाइरसको संक्रमणण अहिले बढिरहेको छ । सोमबार मात्रै ७६ जनामा नयाँ संक्रमणण र सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।
कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी २ मिटर राख्न नागरिकलाई समेत मन्त्रालयले अनुरोध गरेको छ ।