Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारगौरादह, ६ मङ्सिर । गौरादह नगरपालिकामा आज शहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औं स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू तथा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा शहिदको सम्झनामा यस वर्ष पनि रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो ।

२०६१ साल मंसिर ६ गते आजकै दिन तत्कालीन शाही सेना द्वारा हत्या गरिएका माओवादीका नेता तथा अनेरास्ववियु (क्रान्तिकारीका ) तत्कालीन झापा जिल्ला अध्यक्ष एवं उपाध्यक्ष रमेश सुवेदी र विष्णु प्रधानको स्मृतिमा प्रत्येक वर्ष रवि स्मृति दिवस मनाउने गरिएको छ

रवि स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह बजारको शहिद मञ्चमा आयोजित रक्तदानमा ६७ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहेको रक्तदानमा संकलन भएको ६७ प्रिन्ट रगत रेडक्रस उपशाखा दमकको ब्लड बैंकमा जम्मा गरिएको छ । सोही अवसरमा शहिद मञ्च गौरादह पूनः निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । रवि स्मृतिमा सहभागिहरुले दुर्गा गौतमको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ ।

समितिको सचिवमा डण्डिराज घिमिरे, कोषाध्यक्षमा चक्रपाणी बराल रहेका छन् । समितिको सदस्यहरुमा दिलिप भण्डारी, लेखनाथ ताजपुरिया, मोहन खनाल, खड्गराज थापा, लक्ष्मी ढकाल, हरि बस्नेत, शान्ता दाहाल र पर्शुराम सुवेदी रहेका छन् । कार्यक्रम अनेरास्ववियु क्रान्तिकारी झापा अध्यक्ष अनिल सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय अध्यक्ष रञ्जित तामाङ प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा माननियस सांसद झलक सिंह दर्लामी, सहिदका बुवा गंगाराम सुवेदी, अनेरास्ववियुका नेता रवि बस्नेत, नेकपा झापाका नेता पूष्पलाल ढकाल, मदन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कुमार खतिवडाले गरेका थिए ।

तपाईको प्रतिक्रिया