Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १८ चैत २०७९ । झापाको गौरादहमा युवा, राष्ट्र र आध्यात्मिकता कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाको आयोजनामा युवा, राष्ट्र र आध्यात्मिकता कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार गौरादह-४ स्थित मिलन चोकमा रहेको नेपाल मानव धर्म सेवा समिती गौरादह शाखाको भवनमा भएको कार्यक्रममा प्रमुख बक्ताका रुपमा वरिष्ठ न्युरोलोजिस्ट , आध्यात्मिक बक्ता तथा नेपाल मानव धर्म सेवा समितिका सल्लाहकार डा। जयप्रकास अग्रवालका साथै नेपाल मानव धर्म सेवा समितिका युवा संगठनका केन्द्रिय संयोजक उत्तम गिरि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपती सुबेदिले समाज रुपान्तरणका लागि यस्तो कार्यक्रम आवश्यक भएको बताए । मानव धर्मले समाजमा रहेको सबै धर्म , जातजाति र सबै मानिसलाई उतिकै ब्यवहार गरेर समाजलाइ एकतामा बाध्ने , युवा बर्गहरुलाइ अध्यात्म मार्फत समाज रुपान्तरण को लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

नेपाल मानव धर्म सेवा समिती मेची क्षेत्रकी प्रमुख सन्त सुवर्णा बाइजिको सभापतित्वमा भएको कार्यक्रममा , गौरादह शाखाकी प्रमुख सन्त गौमुखी बाइजी , साथै गौरादहकी सन्त बबिता बाइजी , गौरादह नगरपालिका वडा न ४ का वडाध्यक्ष दुर्गामणी बस्नेत , नेपाल मानव धर्म मेची क्षेत्रमा अध्यक्ष दशरथ राई ,नेपाल रेडक्रस सोसाइटी गौरादहका सभापति भिम बिजय बास्तोला , क्लब हिमालय टाइगर गौरादहकी संयोजक सरिता कटुवाल कार्की , लायन्स क्लब गौरादहका चार्टर प्रेसिडेन्ट डा तिलक खनाल लगायत विभिन्न सामाजिक ब्यक्तित्व हरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन गौरादह शाखाका अध्यक्ष कृष्ण शर्माले गरेका थिए भने सचिब दुर्गा भारतीले स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा क्लब हिमालयन टाइगर , लायन्स क्लब अफ गौरादह , लायन्स क्लब अफ गौरादह युनाइटेड , लियो क्लब गौरादह , सारथि युवा क्लब , गौरादह जेसीज , धिमधिमे युवा क्लबको सहयोग रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया