Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

जेबि खड्का
गौरादह, १७ चैत २०७९ । गौरादह-१ मा रहेको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ शेयर सदस्यहरुलाई संस्थाले अवलम्बन गरेका योजना तथा कार्यक्रमहरुको जानकारी गराउन सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। संस्थामा पछिल्लो समयमा शेयर सदस्य लिएका ब्याक्तीहरुलाई सहकारी संस्थाबाट प्रवाह हुने कार्यक्रम, संस्थाबाट पाउने सवा सुबिधाका बारेमा जानकारी गराउन सदस्य शिक्षा कार्यक्रम आयोजना गरिएको संस्थाका सचिब हेमचन्द्र घिमिरे (राजु) ले जानकारी गराएका छन।

संस्थाको सभाहलमा संचालन गरिएको सदस्य शिक्षा कार्यक्रममा सहभागी शेयर सदस्यहरुलाई ब्यबस्थापक तिलक बहादुर कार्कीले संस्थाले सदस्यहरुका लागि प्रवाह गरेका सेवा, बित्तीय तथा आधारभूत सेवाका बारेमा प्रशिक्षण दिएका थिए। संस्थाबाट प्रवाह हुने सेवामा संस्थाले अत्याधुनिक प्रबिधिको प्रयोगलाई संचालनमा ल्याइ सकेकाले सेयर सदस्यहरुलाई गुणस्तरीय सेवा दिन संस्था सक्षम रहेको बताएका थिए।

संस्थाले शेयर सदस्यहरुलाई उद्यमी बनाई आय आर्जन गर्न प्रेरित गरिरहेकाले नियमित बचत गर्नुका फाइदाका बारेमा प्रशिक्षण दिएका थिए। ब्याक्तीलाई सहकारी संस्थामा आबद्ध रहदा दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई सहकारीको माध्यमबाट जीवन स्तर उकास्न सहज हुने अवधारणाको बिकास गरि संस्थाको महत्त्व दर्साउने प्रशिक्षणमा कार्कीले बताएका थिए।प्रशिक्षणका क्रममा कार्कीले सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुले शेयर लगानीमा लाभांश, बचतमा उत्कृष्ट ब्याज, दुर्घटना मृत्यु बिमा, सुत्केरी सुबिधा खर्च, सहज रुपमा ऋण लगानी, घातक रोग लागेमा, बिषालु सर्पले डसेमा, प्रकृतिक प्रकोप परेमा संस्थाबाट सदस्यले सेवा पाउने बताएका थिए।

शुभलक्ष्मी सहकारी संस्थाले रजत बर्ष मनाउने

शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको २५ औं बर्ष पुगेकाले संस्थाले रजत बर्ष मनाउने भएको छ। संस्थाले रजत बर्षको उपलक्ष्यमा सदस्यहरुलाई बिभिद कार्यक्रमको आयोजना गर्नुका साथै सेयर सदस्यहरुलाई बिभिद शिर्षकमा सुबिधा दिने निर्णय गरेको संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताएका छन।

रजत बर्षका अवसरमा सदस्यहरुलाई २०८० बैशाख देखि ०८० असार मसान्तसम्म ऋणमा पाकेको ब्याज किस्ता सहित बुझाएमा सो अवधिसम्मको किस्तामा लाग्ने अतिरिक्त ब्याज (हर्जना) छुट गर्ने, चालू आर्थिक बर्षमा बुझाएको ब्याजमा १.२५ प्रतिसत रिवेट प्रदान गर्ने अध्यक्ष कार्कीले बताएका छन। सबै शेयर सदस्यलाई बैशाख देखि असार मसान्तसम्म सटही गर्ने गरि रु ५ सय बराबरको सहकारी पसलबाट सामान गर्न कुपन उपलब्ध गराउने, संस्थाको सेवाक्षेत्र रहेका सामुदायिक बिद्यालयहरु छनौट गरि अध्यनरत बिद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण गर्ने निर्णय गरेको अध्यक्ष कार्कीले बताएका छन।

तपाईको प्रतिक्रिया