Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बर्दिया, ६ मंसिर,  । मुख्य योजनाकारसहित ५ जना पक्राउ, भारतीय सुटर फरार गत कात्तिक १९ गते बढैयाताल गाउँपालिकामा भएको गोलीकाण्डमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

राति १ बजे सोही गाउँपालिका (३ गोव्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकलाई गोली हानी हत्या गरेर फरार भएका मुख्य योजनाकार लक्षु भनिने लक्षिराम खटिक, शालिकराम खटिक, राजेन्द्र खटिकसहित मनोरथ भनिने राम मनोहर खटिक र रामजुगेश खटिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको हो ।

घटनामा संलग्न भएका अन्य दुईजना भने फरार छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । फरार भएका उनीहरु पेसेवर भारतीय अपराधि भएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

घटनाका योजनाकारण लक्षिराम, शालिकराम र राजेन्द्र खटिकले फरार रहेका दुईजनालाई सुटरका रुपमा प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

छोराको घरबार बिग्रेपछि मोहनलालको हत्या

घटनामा संलग्नहरुको सम्बन्ध इष्टमाइतीको हो । मुख्य योजनाकार मध्येका शालिकरामको छोराले दुई वर्षअघि मोहनलालको दाइको छोरी भगाएर विहे गरेका थिए । तर, उनीहरुको सम्बन्ध बिग्रिपछि पारिवारिक बेमेल सुरु भयो ।

विवाद बढेपछि शालिकराम र मोहनलालको परिवारबीच पटकपटक झगडा हुने गरेको थियो । ठूलो रुप लिएपछि झगडा प्रहरीसम्म पुगेको थियो ।

सोही विवादकै कारण रिसिबी साँध्न शालिकरामको परिवारले हत्याको योजना बनाएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी उपरीक्षक लक्ष्मण वलीले बताए । ‘उनीहरुले विवाद बढेपछि सहन नसकी हत्या गरेको बताएका छन् ।’ प्रहरी निरीक्षक वलील भने ।

आर्थिक लेनदेन पनि घटनामा जोडिएको प्रहरी निरीक्षक वलीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया