Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १५ चैत २०७९ । चलचित्र ‘कैदीको पत्र’को आगामी बैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन् ।

यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ । यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

प्रेम र रोमाञ्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाईहरु देख्न पाईने निर्देशक सनम कुमार बैरागले बताए ।

यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो । यसमा कुनाल र म्याडिशनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारहरुको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन् ।

चलचित्रका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसिले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एनुचौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया