Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
गौरादह, १५ चैत २०७९ । झापाको गौरादह नगरपालिकामा गौरादह नगर अस्पतालको उद्घाटन भएको छ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बुधबार थप सेवा सुविधा सहितको गौरादह नगर अस्पतालको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मुख्य मन्त्री कार्कीले नगर अस्पतालको लागि चाहिने आवश्यक सामग्री उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ । जनताका लागि अझ सेवा सुविधा थप गर्दै जाने जनताका लागि अझ सेवा सुविधा थप गर्दै जाने जसले गर्दा यस अस्पतालले सबैको मन जित्न सक्ने मुख्य मन्त्री कार्कीले बताउनुभयो ।

गौरादह-१ मा रहेको पुरानो स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी असोज १ गतेबाट गौरादह नगर अस्पताल सञ्चालनमा ल्याइएको जनाइएको छ ।

यस्तै, कार्यक्रममा गौरादह नगरपालिका का नगर प्रमुख छत्रपती सुवेदीले नगर अस्पताललाई अझ सुविधा सम्पन्न बनाउन ३२ वटा बेडको बनाउने लक्ष्य राखेको बताउनु भएको छ । जसका लागि सुविधा सम्पन्न अस्पताल निर्माण कार्यका लागि गौरादह नगरपालिका-१ को चैतु चोकमा जग्गा प्राप्त गरिसकेको जानकारी दिनुभएको छ । जनशक्ति अभावका कारण विशेषज्ञ सेवा दिनका लागि गाह्रो भएकाले विशेषगरी बालबालिका र महिला विशेषज्ञ सेवाका लागि आगामी वर्ष अन्य हस्पिटल सँग सहकार्य गरेर हप्ताको १ दिन विशेषज्ञ सेवा उपलब्ध गराउन प्रयत्न गरिरहेको प्रमुख सुवेदीले बताउनुभयो ।

यस्तै, स्वास्थ्य बिमा कार्यक्रमका लागि सम्पूर्ण पूर्वाधारहरु तयार गरिसकेकोले छिटै नै स्वास्थ्य बिमा कार्यक्रम पनि ल्याइने जनाइएको छ । यसैक्रममा प्रमुख सुवेदीले नगर अस्पतालले प्रत्येक आइतबार १० रुपैयाँमा सुगर जाच गराउन पाउने प्रक्रियालाई अगाडि बढाउन समेत आग्रह गर्नुभएको छ ।

हाल १५ वटा बेड सहितको २४सै घण्टा इमरजेन्सी सेवा सुरु भएको यस अस्पतालमा ओपीडी सेवा बिहान १० देखि ५ बजे सम्म, प्याथोलोजी ल्याब सेवा, एक्सरे सेवा, फार्मेसी, मातृ सुरक्षा कार्यक्रम, परिवार नियोजन सेवा, मेडिकल एभर्सन सेवा निःशुल्क, बच्चाको नियमित खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, डेंगु, कालाज्वर, एच.आइ.भी. को निःशुल्क सेवा प्रदान गर्दै आएको नगर अस्पतालका फोकल पर्सन राम कृष्ण जोशीले जानकारी दिनुभयो । यस्तै गर्भवती परिक्षण प्याकेजमा ७ सय ५० मात्र शुल्क लाग्ने गरेको फोकल पर्सन जोशीले बताउनु भएको छ । नगर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई थप उपचार गर्नु परेमा दमक अस्पताल रेफर गरिने जनाइएको छ ।

नगर अस्पतालमा अहिले १ जना विशेषज्ञ डा.हरि प्रसाद घिमिरे, मेडिकल अधिकृत २ जना, ल्याब १, जनस्वास्थ्य निरीक्षक ३ जना, स्वास्थ्य सहायक(एचए)१ जना, अहेब१, अनमी४ जना, रेडियोग्राफी १ जना लगायतले सेवा प्रदान गर्दै आएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया