Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

जेवी खड्का
गौरादह, १५ चैत २०७९ । जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय गौरादहले केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता एवं पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरेको छ । आज(बुधबार) गौरादह नगरपालिका-३ को सामुदायिक भवनमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले आपत विपतमा परेका नागरिकहरुलाई राहत प्रदान गर्नुका साथै विपन्न परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। संस्थाले कार्यक्रमको आयोजना गरि संस्थाका शेयर सदस्यहरु मध्येबाट अति विपन्न ८ परिवारका १५ जना छोराछोरीहरुलाई १ बर्षको छात्रवृती दिने, ३ ० क्लब अन्तर्गत बेरोजगार सदस्यहरुलाई बेरोजगारी समस्या समाधान गर्न राहत उपलब्ध गराउने घोषणा गरेको छ। संस्थाले डिजिटल माध्यमबाट कारोवार सुरु गरेकाले नगर र वडा कार्यालयहरु सँग सम्झौता गरि सीप मुलक तालिमहरु दिएर स्वरोजगार बनाउने लक्ष्य लिएको लघुवित्त विभागिय प्रमुख मनोज कुमार शाहले बताउनु भएको थियो ।

गौरादह१ को डिपुचोकमा शाखा रहेको यस संस्थाले गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्नुका साथै सामाजिक सेवाको क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको संस्थाका केन्द्रिय कार्यालयका मनोज कुमार शाहले बताउनुभयो । त्यसअवसरमा संस्थाका केन्द्रिय कार्यालयका शाहले संस्थाको बारेमा परिचय दिनुहुँदै गरिवी रहीत नेपाल निर्माणको परिकल्पनाका साथ विभिन्न खालका सामाजिक तथा आर्थिक क्रियाकलाप गर्न २०५४ सालमा स्थापित जीवन विकास समाज नामक गैरसरकारी संस्थाको नेतृत्वमा २०६९ साउन २६ गते स्थापित भएको यस संस्थाले २०७५ फागुन ३ गते नेपाल राष्ट्र बैकद्वारा राष्ट्रिय स्तरको वित्तीय संस्थाको ईजाजतपत्र प्राप्त गरेर २०७५ फागुन १६ गते देखि वित्तीय सेवा प्रदान गर्न शुभारम्भ गर्न थालिएको जानकारी दिनुभयो । त्यसअवसरमा लघुवित्तका सेवाहरु अन्तर्गत बचत, कर्जा, बीमा, रेमिटान्सको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै, वित्तीय संस्थाको हालको अवस्था अन्तर्गत २४ वटा जिल्लामा संस्थाको सेवा पुगेको, १ सय ५९ वटा शाखा संख्या, ३ लाख ४४ हजार ८ सय ९८ सदस्य संख्या, ९ सय ३५ कर्मचारी संख्या, १० अर्व ९ लाख ७६ हजार २ सय १९ कूल बचत र २३ अर्व ५४ करोड ८२ लाख २४ हजार ५ कूल ऋण रहेको छ । यस्तै, जीवन विकासका सामाजिक अभियानहरु अन्तर्गत जीवन विकास बालशिक्षा, बालबालिका अध्ययन केन्द्र, नव विहानी, सुकुम्बासीलाई जग्गाधनी बनाउने, सुरक्षित आवास, घर आँगन तरकारी खेती, जसको कोही छैन उसको जीवन विकास, सामदायिक स्वच्छता, प्रकोप तथा विपतमा सहयोग, उद्यमशीलता विकास, एक टोल एक अधिकृत टेलर सदस्य(एटीएम), नगद रहित कारोबार र थ्रीजिरो क्लब अभियान चलाइरहेको जानकारी दिइएको थियो ।

सोही अवसरमा क्यान्सर र मृगौला पिडित बिरामीहरु संस्थाका सदस्य र गैर सदस्य १/१ जनालाई जनहि २० हजार, संस्थाको १ सय ८१ केन्द्रहरु मध्ये उत्कृष्ट ५ केन्द्रहरुलाई सामुहिक काम गर्न आवश्यक पर्ने सामग्रीका साथ पुरस्कृत गरिएको थियो। संस्थाबाट ऋण लिएर उत्कृष्ट ब्याबसाय र उद्यम चलाउदै जिबिको पार्जन गर्ने ३ जनालाई पुरस्कृत गरिएको थियो। कार्यक्रमका अवसरमा सफल ऋणि ३ जना, उत्कृष्ट बचत कर्ता ३ जनालाई पुरस्कृत गरिएको थियो।

संस्थाका केन्द्रीय कार्यलय बिभागिय प्रमुख बिजय कुमार मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदीले विपन्न परीवारहरुको जिवनस्तर उकास्नको लागि लघुवित्त संस्थाहरुले भूमिका खेल्दै आएको भएको पनि चर्को व्याजदरका कारण विपन्न परीवारले लिएको कर्जा तिर्न नसक्दा झन गाह्रो भइरहेकोले संस्थाहरुले पनि यस कुरामा सचेत रहनुपर्ने बताउनुभएको छ । कार्यक्रममा गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईराला,कमल गाउँपालिका वडा नं.१ का वडाध्यक्ष केदार कटुवाल, गौरादह जेसीजका पुर्व अध्यक्ष क्रान्तिदिप काफ्ले, जेसीजका बर्तमान अध्यक्ष प्रकाश भट्टराई लगायतको उपस्थिति रहेको थियो । संस्थाकि गौरादह शाखा प्रमुख जुनिका राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका झापा जिल्ला प्रमुख मधुसूदन मण्डलले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया