Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ६ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई आदेश तामेली भन्दा पनि छिटो छरितो काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार ७ मन्त्रालयको बजेट कार्यान्वयनको प्रगति विवरण सुनेपछि उनले मन्त्री र सचिवहरुलाई आदेश पालना गर्नेमात्र नभई विधिसम्मत र छिटो छरितो काम गर्न निर्देशन दिएका अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

आदेश तामेली भन्दा पनि छिटो विधिसम्मत र छिटोछरितो काम हुनुप¥यो, कानूनी प्रक्रिया पु¥याउने तर प्रक्रियाको नाममा धेरै नअल्झिन आग्रह गर्नुभएको छ’ मन्त्री खतिवडाले भने ।

बिहीबार खानेपानी, युवा तथा खेलकुद, शिक्षा तथा विज्ञान प्रविधि, सहकारी तथा गरिबी निवारण, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, वन तथा वातारण र पयटन मन्त्रालयको बजेट कार्यान्वयन प्रगतिबारे छलफल भएको थियो ।

छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रालयहरुको कामको गति अझै बढाउन आग्रह गरेका छन् । त्यस्तै अन्तर मन्त्रालय समन्वय बलियो बनाउन र संघ प्रदेश तथा स्थानीय तहको बीचमा समन्वय सशक्त बनाउन आग्रह गरेका खतिवडाले बताए ।

प्रधानमन्त्रीले व्यवसायिक प्रकारका विकास आयोजना सरकारले एक्लै गर्न नसक्ने हो भने निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया