Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १३ चैत २०७९ । देशभर कोरोना संक्रमितको संख्या पूनः बढ्दै गइरहेको छ । आज एकैदिन थप ६९ जनामा संक्रमण देखा परेसँगै संक्रमितको संख्या बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा पीसीआर बाट ४ सय ८८ जना र एन्टीजेनबाट ७ सय ७८ जना गरि १ हजार २ सय ६६ जनाको नमुना परिक्षण गर्दा ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा ३४ हजार ८ सय ८१ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ६६ जना रहेकोे छ । आज १ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया