झापा, १२ चैत २०७९ । देशभर आज एकैदिन थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७९ जनाको पीसीआर र ६४२ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।
उक्त परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार देशभर ४ जना संक्रमण मुक्त भएका छन् भने ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।