Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १२ चैत २०७९ । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘जारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरी बस्यो’ बोल रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । उक्त गीतमा श्रीमान श्रीमतिबीच हुने सामान्य नोकझोकलाई देखाइएको छ ।

शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । चलचित्रलाई निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथावस्तुमा आधार बनाएर चलचित्र निर्माण गरिएको छ ।

चलचित्रमा दयाहाङ र मिरुनाको अलवा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतको कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया