Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १२ चैत २०७९ । दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा सौगात मल्ल र प्रदीप खड्काको पहिलो पटक सहकार्य हुन लागेको छ ।

निर्माण पक्षले शुक्रबार चलचित्रमा आबद्ध भएका सबै कलाकारहरुसँग लिखित सम्झौता गरेको हो ।

चलचित्रमा प्रदीप, वर्षा सिवाकोटी, राजबल्लभ कोइराला र नीति शाह पहिले नै अनुबन्धित भएका थिए भने पछि सौगात मल्ल पनि जोडिएका हुन् ।

आगामी बैशाख १५ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रका लागि केही दिनअघि वर्कसप भएको थियो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षमा आधारित रहेर चलचित्रको कथालाई निर्माण गरिएको छ ।

चलचित्रमा कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रको छायांकन नेपालका साथै ल्याटिन अमेरिकाका विविध स्थानमा हुनेछ ।

तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको निर्माण पक्षले बताएको छ ।

सौरभ लामाको छायांकन रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र एसडि योगी र एलिस कार्कीको संगीत रहेको छ ।

 

तपाईको प्रतिक्रिया