Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १२ चैत २०७९ । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइ देउन’ सार्वजनिक भएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर रहेको छ ।

गीतमा नरेन, सुरक्षा र अर्को अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा चलचित्रमा नरेन, सुरक्षा, विराजका अलवा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय रहेको छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राजबहादुर सानेको कथा छ ।

तपाईको प्रतिक्रिया