Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

वीरगञ्ज, ६ मंसिर  । पर्सा प्रहरीले १० किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । भारतको बिहार पश्चिम चम्पारण, थाना चनपटिया, लखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलो चाँदीसहित पक्राउ गरेको हो ।

बीआर २२ एडी नं । को मोटरसाइकलमा चाँदी लिएर भारत जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खल्वाटोलबाट साहलाई चाँदीसहित नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनले मोटरसाईकलको एयरफिल्टर भित्र पहेँलो रंगको प्लाष्टिकमा पोको पारी लुकाएर लैजाँदै गरेको अवस्थामा को प्रति पोका ५ किलोको दरले दुई पोका १० किलोग्राम चाँदी फेला परेको जानकारी दिए ।

चाँदीको कागजात माग गर्दा पेश गर्न नसकेकोले साहलाई चाँदी र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई बरामद गरिएको समानसहति आवश्यक कारवाहीको लागि राजश्व अुनसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइने प्रहरीले जानकारी दिएको छ ।

गुलसनले भने लक्ष्मी विकास बैकबाट चाँदी निकालेर साहुले आफूलाई भारत लैजान भनेको दावी गरेका छन् । मासिक १२ हजार पारिश्रमिक लिएर आफूले साहुकोमा काम गर्दै आएको उनको भनाइ छ । उनले साहुको नाम भने खुलाएका छैनन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments