Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जेबि खड्का
गौरादह, ११ चैत २०७९ । झापाको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमका साथ १४औं स्थपना दिवस मनाएको छ। प्रधान कार्यलय दमकमा रहेको संस्थाले सेवा कन्द्रहरुमा पुरस्कार बितरण सहित सदस्य शिक्षा कार्यक्रम संचालन गरेको थियो।

सामाजिक सेवामा समेत सहयोग गर्दै आएको स्वर्णलक्ष्मी सहकारीले संस्थाको भवनमा रक्तदान कार्यक्रमका साथ विभिन्न बिधामा पुरस्कार समेत बितरण गरेको संस्थाकि गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराइन। शनिबार सम्पन्न रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी सहित स्थानीय बासिन्दा सहभागी भएका थिए।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राबिधिक सहयोग रहेको कार्यक्रममा ४ महिला सहित ४२ जनाले रक्तदान गरेका थिए। रक्तदानमा १८ बर्ष देखि ५० बर्ष सम्मका नागरिकहरु सहभागी भएका थिए। रक्तदानमा संकलित रगत नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्त संचार कार्यलयमा जम्मा गरिने रेडक्रसकि उमा श्रेष्ठले जानकारी गराइन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

स्थापना दिवसका अवसरमा संस्थाको प्रधान कार्यलयबाट बाल बचत तर्फ ५ जना र अन्य विभिन्न शिर्षकका बचत तर्फ ७ जना, उत्कृष्ट कारोबार गर्ने २४ जनालाई पुरस्कार बितरण गरिएको थियो। संस्थाले सामाजिक सेवा अन्तर्गत डायनमिक पब्लिक लाईबेरीलाई नगद रु २० हजार, बाल आश्रम दमकमा अध्यानरत १७ जना बिद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहित ब्याग बितरण गरेको थियो। सोहि अवसरमा बहुमुखी टोल बिकास संस्था दमकलाई २५ थान गमला र दमक रेडक्रस सोसाइटि उपशाखा दमकलाई २ थान ब्लड डोनर बेड बितरण गरेको थियो।संस्थाका अध्यक्ष बुद्धि सागर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ संचालक सदस्य घनस्याम अधिकारी प्रमुख अतिथि रहेका थिए।त्यस अवसरमा दमक नगरपालिका वडा नं ९६ का वडाध्यक्ष टेक बहादुर थापा, डाँफे बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठ, संस्थाका लेखा सुपरिवेक्षण संयोजक चुडामणि ओझा लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका सचिब संजिव रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया