Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विर्तामोड, ११ चैत २०७९ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ।

गत चैत्र ५ गतेका लागि तोकिएको निर्वाचन प्राविधिक समस्याका कारण सरेको थियो। शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार २५० मत ल्याउँदै स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ विजयी हुनुभएको हो।

त्यस्तै सचिवमा नेविसंघकै सुवास खत्री १८२ मत ल्याएर विजयी हुँदा कोषाध्यक्षमा भने संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलकी अनुषा अर्याल १६९ मत ल्याएर निर्वाचित हुनुभएको छ।

सदस्यमा नेविसंघका उम्मेदवार सुरज राई २४५, सुरज चिमरिया २१७, रिया ढुङ्गाना २०७, अंकितप्रसाद चम्लागाई १८५ र योगेन्द्र खड्का ९बरदान० १८१ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले जानकारी दिनुभयो।

समानुपातिकतर्फ पनि मतगणनामा कांग्रेस निकट नेविसंघले २१६, एमाले निकट अनेरास्ववियुले ११६, एकीकृत समाजवादी निकट अनेरास्ववियुले ११०, राप्रपा निकट राप्रविसंले ३० र माओवादी निकट अखिल क्रान्तिकारीले २६ मत ल्याउनुभएको छ। क्याम्पसमा कुल ६१६ मतदाता विद्यार्थी रहेकोमा ५०४ मत खसेको निर्वाचन समितिका संयोजक खड्काले बताउनुभयो।

निर्वाचनमा तीन वटा प्यानलले उम्मेदवारी दिएका थिए। कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका तर्फबाट विशाल तामाङ, एमाले निकट अनेरास्ववियुका तर्फबाट रोशन भुजेल र माओवादी निकट अखिल क्रान्तिकारी , राप्रपा निकट राप्रविसं र एकीकृत समाजवादी निकट अनेरास्ववियुको संयुक्त राष्ट्रवादी प्रगतिशील प्यानलका तर्फबाट विनम सरदारले सभापतिमा उम्मेदवारी दिनुभएको थियो।

झापामा गौरादह बहुमुखी क्याम्पसबाहेक अन्य ११ क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ। ६ क्याम्पसको नेतृत्व नेविसंघ र ५ क्याम्पसमा अनेरास्ववियुले सभापतिमा नेतृत्व पाएका छन्।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया