Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

खोटाङ, मंसिर ६ । खोटाङको रुपाकोट(मझुवागढी नगरपालिका(१० माखाममा बुधबार आफ्नै घरमा आगो लगाउदा अन्दाजी १२ लाख ९१ हजार मूल्य बराबरको क्षति भएको छ ।

दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने जित बहादुर तामाङको श्रीमती बर्ष ३९ की फुलमाया तामाङले श्रीमानसंग सामान्य बादविवाद हुँदा घरमा कोही नभएको समयमा मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएकी हुन् ।

आगलागीबाट तामाङको ढुङगा माटोले बनेको ३ तले घर, घर भित्र रहेको सम्पूर्ण सर( सामान जलेर नष्ट भएको भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह पौने ५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको छ भने थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

ब्लास्ट खबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments