Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

जेबि खड्का
गौरादह, १० चैत २०७९ । झापाको गौरादहमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको १४औं स्थापना दिवसको अवसर पारेर शुक्रबार(आज) गौरादह-२ को सेवा केन्द्रको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले कार्यक्रमको उद्घाटन गर्दै नागरिकहरुले संस्थाले दिएका ऋणलाई उत्पादक क्षेत्रमा मात्र लगानी गर्नुपर्ने बताउनुभएको छ । यस्तै, नागरिकको जीवन स्तर उकास्न ग्रामीण क्षेत्रमा सहकारी संस्थाहरुले उल्लेखनीय भुमिका निर्वाह गरेको बताउँदै संस्थाका शेयर सदस्यहरुले संस्थाको नियम,मूल्य,मान्यता अनुसार अघि बढ्दै जान सकेमा संस्था गरिबी निवारणको माध्यममा अगाडि बढ्न सक्ने बताउनुभयो ।

संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा सहकारी परिचय, वित्तिय साक्षरता, संस्थाका निती तथा कार्यक्रम लगायत वर्तमान गतिविधीको बारेमा साथै संस्थाले शेयर सदस्यहरुलाई उपलब्ध गराउदै आएका सेवाहरु र संस्थाले गर्दै आएको कारोबार लगायतका बिषयहरुमा सदस्यहरुमा अन्तर्क्रिया गरेको छ। सदस्य शिक्षा कार्यक्रममा प्रशिक्षण दिदै संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले शेयर सदस्यहरुलाई संस्थाले गर्दै आएको कारोवारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाले गरेको कारोबारको अवस्थाको जानकारी गराउँनुहुँदै घिमिरेले संस्थाको शेयर पुँजी, संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने सेवा, कोष हिसाब, बचत निक्षेप, बाहय ऋण हिसाब, ऋण लगानी, संस्थाले गरेको परिकल्पना, ध्याय तथा उद्देश्य लगायतका विषयमा शेयर सदस्यहरुलाई जानकारी गराईएको थियो । सदस्य शिक्षा कार्यक्रमका अवसरमा शेयर सदस्यहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन सीप तथा प्रविधि प्रदान गरि क्षमता अभिवृद्धि गर्ने लक्ष्य रहेको बताउनु भएको थियो । यस्तै, सदस्यहरुलाई सीप सिकाइ आय आर्जन गराउने लक्ष्यका साथ कार्यक्रम अघि सारेको बताउँदै संस्थाले सदस्यहरुलाई घातक रोग लागेमा आर्थिक सहयोग उपलब्ध गराउदै व्यवसाय तथा उद्यम सञ्चालन गर्न ऋण उपलब्ध गराउने बताएका थिए।

यस्तैगरी, सदस्य शिक्षा तथा अन्तर्किया कार्यक्रमको अवसरमा गौरादह-१ मा रहेको जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने जेहेन्दार तथा विपन्न २५ जना विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

त्यसै अवसरमा संस्थाका गौरादह सेवा केन्द्र अन्तर्गतका ४ जना शेयर सदस्यहरुलाई उत्कृष्ट शेयर सदस्य सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा गजेन्द्र खत्री, सुनिता कोइराला (आचार्य), अनमोल सुवेदी र श्रद्धा गुरागाई रहेका छन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य शिव प्रसाद अधिकारी र सहभागीका तर्फबाट जागेन्द्र अधिकारीले शुभकामना मन्तब्य राखेका थिए।

संस्थाका शेयर सदस्यका तर्फबाट चन्द्र प्रसाद खनालले जिज्ञासा राख्नु भएको थियो । संस्थाका अध्यक्ष बुद्धि सागर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव संजिव रिमालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

संस्थाको कारोबार

शेयर पुँजी ११ करोड ४३ लाख ६८ हजार १ सय
कोष हिसाब १० करोड ६८ लाख ७८ हजार २ सय २७
बचत निछेप ६२ करोड ८६ लाख १५ हजार ३ सय ११
बाहय ऋण हिसाब १८ करोड ८७ लाख ७७ हजार ७ सय ५४
ऋण लगानी ९८ करोड १३ लाख १० हजार ८ सय ३९
सम्पती सामान ४ करोड ४ लाख १८ हजार १ सय १३
कुल कारोबार १ अर्ब १७ करोड ३८ लाख ७ हजार १ सय ६६

संस्थाको अवस्था

शेयर सदस्य संख्या ८ हजार २ सय ७९
कुल बचत खाता संख्या २३ हजार ८ सय १७
कुल ऋणी सदस्य संख्या १ हजार ८ सय ४३
संञ्चालक समितिको संख्या ७
लेखा सुपरिवेक्षण समितिको संख्या ३
उपसमितिको संख्या ५
सेवा केन्द्रहरु ४ वटा
कर्मचारी संख्या ४९ जना

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया