Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

एजेन्सी, १० चैत २०७९। भारतीय चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको शुक्रबार निधन भएको छ । शुक्रबार बिहान ६७ वर्षको उमेरमा मुम्बईमा प्रदीपको निधन भएको हो । फिल्म निर्माता र उनका साथी हंसल मेहताले सामाजिक सञ्जाल मार्फत प्रदीपको निधन भएको जानकारी गराएका छन् ।

प्रदीपले ‘परिणीता’, ‘हेलिकप्टर ईला’ र मर्दानी जस्ता हिट फिल्म निर्देशन गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार प्रदीपको शरीरमा पोटासियमको मात्रा घटेको थियो । त्यसपछि उनलाई शुक्रबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो । उनको शुक्रबार दिउँसो ४ बजे अन्तिम दाहसंस्कार गरिने जनाइएको छ।

प्रदीपको निधनमा कलाकारहरुले शोक व्यक्त गरेका छन् । उनको निधनमा अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘यो घटना निकै स्तब्ध भएको छ । हजुरको आत्माले शान्ति पाओस् दादा।’

प्रदीपको फिल्म परिणीताले पनि राष्ट्रिय अवार्ड जितेको छ । यस बाहेक फिल्मले ५ वटा फिल्मफेयर अवार्ड समेत पाएको थियो । यस फिल्ममा सैफ अली खान, विद्या बालन र सञ्जय दत्त मुख्य भूमिकामा रहेका थिए ।

सन् २०१८ मा उनको अन्तिम फिल्म ‘हेलिकप्टर ईला’ सार्वजनिक भएको थियो ।

 

तपाईको प्रतिक्रिया