Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १० चैत २०७९ । भारतीय चर्चित गायक सोनु निगमका बाबुको घरबाट ७२ लाख भारतीय रुपैयाँ चोरी भएको छ ।

सोनुका बुबा आगम निगमको घरमा सो रकम चोरी भएको हो । सोनुकी बहिनी निकिता निगमले यसबारे प्रहरीमा उजुरी दिएकी छन् । आगमको घरबट सो रकम चोरी हुनुमा आगमको पूर्व सवारी चालक माथि आरोप लगाइएको छ ।

चोरीको उजुरी दर्ता गराउने क्रममा निकिताले प्रहरीलाई रेहान नामका ड्राइभर विगत ८ महिनादेखि आफ्नो बाबुसँग बस्दै आएको तर,आगम रेहानको कामबाट सन्तुष्ट नभएको र हालै रेहानलाई कामबाट हटाएको बताएकी थिइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार आगम मुम्बईको अंधेरी वेस्टको ओशिवाराको विन्डसरमा बस्दै आएका थिए । चोरीको घटना आइतबार र सोमबार भएको बताइएको छ । आगमको डिजिटल लकरबाट अघिल्लो दिन ४० लाख भारतीय रुपैयाँ चोरी भएको थियो भने दोस्रो दिन ३२ लाख भारतीय रुपैयाँ चोरी भएको हो ।

आगमको घरबाट ठूलो रकम हराएपछि सीसीटिभी फुटेज हेरिएको थियो । जसमा ती ड्राइभरले दुवै पटक ठूलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो । यसका साथै आगमले ती ड्राइभर नक्कली साँचोको सहायताले आफ्नो फ्ल्याटमा पसेर चोरी गरेको आशंका गरेका छन् ।

 

तपाईको प्रतिक्रिया