काठमाडौं, ८ चैत २०७९ । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार दुई हजार रूपैयाँले घटेर एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ७ हजार ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ५ रूपैयाँले घटेर १ हजार ३३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।