Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बुटवल, ५ मंसिर  । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको ९हाइलक्स० कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन ।

कारसमेत सडकबाट तल खसेको छ ।

तपाईको प्रतिक्रिया