Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, ७ चैत २०७९ । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० अध्यक्षमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित भएका छन् ।

पौडेल एक हजार ६८९ मतसहित निर्वाचित हुँदा निकटमत प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादवले ७८४ मत प्राप्त गरे । अनेरास्ववियुका अध्यक्षका उम्मेदवार नविन पहाडीले ५९२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित भए । ९३७ मतसहित ठकुरी विजयी हुँदा नेविसंघ उम्मेदवार पूजा विश्वासले ७८६, अखिल क्रान्तिकारी उम्मेदवार आशिका लम्सालले ५१५ र अनेरास्ववियू उम्मेदवार निर्मल भण्डारीले ४४५ मत प्राप्त गरे । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार स्वस्तिक बोहोरा निर्वाचित भए ।

मोरङको सुकुना बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका सन्तोष लिम्बू निर्वाचित भएका छन् । उनी १ हजार ३८२ मतसहित निर्वाचित हुँदा अनेरास्वियु(एमाले)का उम्मेदवार मनोज कार्कीले ६५७ मत प्राप्त गरे । सचिवमा अनेरास्ववियुका उम्मेदवार एलिस ओझा निर्वाचित भए । कोषाध्यक्षमा अखिल क्रान्तिकारी उम्मेदवार सतिष कार्की निर्वाचित भए । सुकुनामा सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थीले तालमेल गरेका थिए ।

 

तपाईको प्रतिक्रिया